१६ बर्ष मुनिको प्रदेश स्तरीय क्रिकेटको उपाधि प्रदेश ३ ले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१६ बर्ष मुनिको प्रदेश स्तरीय क्रिकेटको उपाधि प्रदेश ३ ले जित्यो

काठमाडौं, २५ चैत । १६ बर्ष मुनिको प्रदेश स्तरीय बिद्यालय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर ३ ले जितेको छ । काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश नम्बर ३ ले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा ५ विकेट गुमाएर १सय ६२ रन बनाएको थियो । प्रदेश ३ ले दिएको १सय ६३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३० ओभरमा ८ विकेट गुमाएर १सय ३९ रन मात्रै बनाउन सक्यो ।

उपाधिसंगै प्रदेश ३ ले १ लाख ५० हजार बराबरको खेल सामाग्री प्राप्त गरेको छ भने उपविजेता बनेको प्रदेश ५ ले ७५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);