प्रधानमन्त्री कप : बर्षाका कारण सुदूरपश्चिम र प्रदेश ५ बीचको खेल रद्द | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

प्रधानमन्त्री कप : बर्षाका कारण सुदूरपश्चिम र प्रदेश ५ बीचको खेल रद्द

प्रधानमन्त्री कप

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बीचको खेल रद्द भएको छ । बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैटनामा वर्षाले खेल प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश ५ बीचको खेल नतिजाविहीन बनेको हो ।

खेल नतिजाविहीन बनेसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् । सुदूरपश्चिमले दिएको १सय ८९ रनको मध्यम लक्ष्यसहित प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुचारु हुन नसकेपछि रद्द भएको थियो ।

वर्षाले खेल रोकिनुअघि प्रदेश ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ ओभर ५ बलमा अलआउट हुँदै १सय ८८ रन बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);