रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

real-bayern

एजेन्सी , १९ बैशाख । स्पेनिस क्लब रियल म्याड्रिड युरोपीयन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदान सान्टियगो बर्नाबाउमा भएको दोस्रो लेगमा बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै समग्रमा ४–३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।

खेलको सुरुवातमै बार्यनका जोसुआ किमिचले गोल गरे । तर करीम बेन्जेमाले ११ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमा बेन्जेमाले नै रियललाई अग्रता दिलाए । तर ६३ औं मिनेटमा बायर्नका लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याए ।

बायर्नले अन्तिम २० मिनेट खेल नियन्त्रणमा लिएपनि थप गोल भने गर्न सकेन । पहिलो लेगमा २–१ को हार बेहोरेको बार्यन सेमिफाइनलबाट बाहिरियो । रियलले लगातार तेस्रो उपाधिका लागि रोमा र लिभरपुलको विजेतासँग खेल्नेछ । लिभरपुल पहिलो लेगमा ५–२ ले अगाडी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);