एन्फा निर्वाचनकाे पछिल्लो पटक घोषित मितिमा पनि विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एन्फा निर्वाचनकाे पछिल्लो पटक घोषित मितिमा पनि विवाद

काठमाडौं, १८ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले निर्वाचनका लागि घोषणा गरेको मिति एन्फाकै अर्को पक्षले बहिस्कार गर्ने बताएको छ ।

एन्फाले निर्वाचनका लागि घोषणा गरिएको मिति विधान र प्रक्रिया मिचेर जाहेर गरिएको भन्दै वरिष्ठ उपाध्यक्ष मणि कुँवर पक्षले नमान्न बताएको हो । बैशाख २२ गते चुनावको लागि एन्फाले मिति घोषणा गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरि एन्फाका वरिष्ठ उपाध्यक्ष कुवँरले षड्यन्त्र रचेर सो मिति घोषणा गरिएको आरोप लगाए । एन्फा नेतृत्व, सचिवालय र विपक्षी उम्मेदवार कर्मा छिरिङ शेर्पासमेत भई निर्वाचन कमिटीलाई धम्क्याएर चुनावको मिति घोषणा गर्न लगाएको आरोप कुँवरको छ ।

साथै बिधानअनुसार साधारणसभा तथा निर्वाचनका लागि ६० दिनको समय दिनुपर्नेमा हचुवाको भरमा निर्वाचन मिति घोषणा गरिएको कुँवरको भनाइ छ । साधारणसभाका लागि १० दिनअघि सूचना दिने बिधानमा उल्लेख भए पनि ८ दिनअघि मात्रै सूचना पठाइएको उनले बताए ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुर फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणि श्रेष्ठले एन्फा चुनावमा आफूहरुलाई मताधिकारबाट बञ्चित गर्न लागिएको भन्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले अन्तरिम आदेश दिएपछि गत चैत १४ गते हुनुपर्ने एन्फा चुनाव स्थगित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);