अखिल नेपाल फुटबल संघमा नयाँ नेतृत्व चयनका लागि वैशाख २२ गते निर्वाचन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अखिल नेपाल फुटबल संघमा नयाँ नेतृत्व चयनका लागि वैशाख २२ गते निर्वाचन हुने

election

काठमाडौं, १० बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व चयनका लागि वैशाख २२ गते निर्वाचन हुने भएको छ । एन्फाको निर्वाचन समितिले आन्तरिक छलफल पश्चात बैशाख २२ गतेका लागि निर्वाचनको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको निर्वाचन उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएको थियो । त्यसपछि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो ।

एन्फाको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ । कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्वअध्यक्ष गणेश थापाको समर्थन छ भने तीन उपाध्यक्ष र पूर्वप्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शेर्पालाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);