चैत १४ गतेका लागि तोकिएको एन्फाको निर्वाचन सर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चैत १४ गतेका लागि तोकिएको एन्फाको निर्वाचन सर्ने

anfa election

काठमाडौं, ९ चैत । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन सर्ने भएको छ । पाटन उच्च अदालतले यही चैत १४ गतेका लागि तोकिएको एन्फाको निर्वाचन रोक्न आदेश दिएपछि सर्ने भएको हो ।

उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा निर्वाचन रोक्न आदेश दिएको । ती दुई फुटबल संघले आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै एन्फालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

फिफाले तोकिएकै मितिमा निर्वाचन गर्न एन्फालाई पत्र पठाएको छ । एन्फाको अध्यक्षका लागि कर्मा छिरिङ शेर्पा र मणि कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);