सर्वाधिक राशीको बुद्धिचाल प्रतियोगिता चैत २० बाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सर्वाधिक राशीको बुद्धिचाल प्रतियोगिता चैत २० बाट

chess tournament

ललितपुर, ९ चैत ।  ललितपुरमा सर्वाधिक राशीको बुद्धिचाल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी दिवसको अवसर पारेर यही चैत २० गते गणेशमान सिंह स्मृति सहकारी कप छैठौँ राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

कुल १४ लाख ५८ हजार खर्चको अनुमानसहित संचालन हुने लागेको प्रतियोगिताको बिजेताले १ लाख ८८ हजार ९ सय रुपैयाँ पर्ने स्यालुटो एमाहा मोटसाइकल द्धितीय हुनेले ५० हजार, तृतीय हुनेले ३० हजार र चौथो हुनेले २५ हजार प्राप्त गर्ने छन् ।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोग रहेको यस प्रतियोगिता जावलाखेल स्थित ताम्रकार समाज भवनमा चैत्र २० देखि २७ गते सम्म लिग कम नक आउट स्वीस लिगको आधारमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);