पाटन उच्च अदालतद्वारा एन्फा निर्वाचन रोक्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाटन उच्च अदालतद्वारा एन्फा निर्वाचन रोक्न आदेश

anfa election

ललितपुर,९ चैत । पाटन उच्च अदालतले यही चैत १४ गतेका लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा निर्वाचन रोक्न आदेश दिएको हो ।

ती दुई फुटबल संघले आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै एन्फालाई विपक्षी बनाएर बुधबार रिट दायर गरेका थिए । न्यायाधीश वनको इजलासले अर्को सुनुवाई नभएसम्म निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले उनीहरुलाई निर्वाचन प्रक्रियामा समावेश नगर्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न आदेश दिएको छ ।

उच्च अदालतले यो आदेशसँगै एन्फाको निर्वाचन अन्यौलमा परेको छ । एन्फाको अध्यक्षका लागि कर्मा छिरिङ शेर्पा र मणि कुँवरले उम्मेदवारी दर्ता गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);