एन्फाको निर्वाचन अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एन्फाको निर्वाचन अनिश्चितकालका लागि स्थगित

anfa election

काठमाडौं, ११ चैत । अखिल नेपाल फुटवल संघ (एन्फा)को आगामी बुधबारका लागि तय भएको साधारणसभा र निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । एन्फाको निर्वाचन समितिले आज विज्ञप्ति जारी गरी पाटन उच्च अदालतले मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा यसअघि दिएको अन्तरिम आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरिएको जनाएको छ ।

उच्च अदालत पाटनले गत बिहीबार निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन समितिले नयाँ निर्वाचन तालिकाका बारेमा भने केही उल्लेख गरेको छैन ।

त्यस्तै एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक सुमन केसी र सहसंयोजक लक्ष्मण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसबीचमा एन्फाले फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफा र ए.एफ.सीलाई पठाएको पत्रका बारेमा भने विज्ञप्तिमा केही उल्लेख छैन । फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र एन्फालाई पठाइसकेको छ ।
anfa-election

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);