नेपाल ओलम्पिक कमिटिको कार्य समितिको निर्वाचन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल ओलम्पिक कमिटिको कार्य समितिको निर्वाचन स्थगित

नेपाल ओलम्पिक कमिटी

काठमाडौं, १९ भदौ । नेपाल ओलम्पिक कमिटि (एनओसी) को कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।

नेपाल ओलम्पिक कमिटीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २० गतेका लागि तय भएको निर्वाचन स्थगित गरिएको जनाएको छ । अदालतले चुनाव रोक्न पठाएको पत्र बुझेपछि कमिटीले निर्वाचन रोकेको हो ।

कमिटीले अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाएको छ । निर्वाचन रोक्न माग गर्दै अदालतबाट मान्यता प्राप्त ओलम्पिक कमिटीका सदस्य कमल बहादुर चित्रकारको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । अदालतले दुवै पक्षलाई भदौ २२ गते छलफलका लागि बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);