नादेज्दा कपका लागि नेपाली टोली आज किर्गिजस्तान प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नादेज्दा कपका लागि नेपाली टोली आज किर्गिजस्तान प्रस्थान

nandeja cup nepali team

काठमाडौं, १९ भदौ । नेपाली महिला फुटबल टिम बिहिबार कीर्गिजस्तान प्रवेश गरेको छ । कीर्गिजस्तानमा हुने नादेज्दा कपका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको थियो । एन्फाले बुधबार नै नेपाली टोलीको विदाई गरेको भएपनि टोली बिहिवार त्यसतर्फ प्रस्थान गरेको हो प्रतियोगितामा आयोजक किर्गिस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

पहिलो खेलमा नेपालले किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ २६ गते हुनेछ । सागको तयारी गरिरहेको नेपाली टोलीका लागि यो प्रतियोगिता अनुभव बटुल्ने राम्रो अवसर समेत हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);