भक्ति दर्शन इन्टरनेशनल टेलिभिजन छैटौं बर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्ति दर्शन इन्टरनेशनल टेलिभिजन छैटौं बर्षमा प्रवेश

bhaktidarshan logo

काठमाडौं, ११ चैत । धर्म, संस्कृति र संस्कारको संवाहकको रुपमा सेवारत नेपालको एकमात्र आधात्मिक तथा धार्मिक टेलिभिजन भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनले आज छैटौँ बार्षिकोत्सव मनाएको छ । पद्मा मिडिया नेटवर्कद्धारा संचालित भक्ति दर्शन टेलिभिजन नेपालकै पहिलो धार्मिक टेलिभिजनका रुपमा स्थापित भएको छ । धर्माे रक्षितः को मूल सिद्धान्तमा आधारित भएर स्थापना भएको टेलिभिजनले धर्म र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिएको छ ।

भक्ति र दर्शन यि दुई शब्दको समायोजन नै भक्ति दर्शन हो । यसैबाट स्पष्ट हुन्छ कि यो एक अध्यात्मिक टेलिभिजन हो । धर्मो रक्षितःको मूल सिद्धान्तमा आधारित रहेर नेपालको एकमात्र आध्यात्मिक तथा धार्मिक टेलिभिजनका रुपमा बि.सं.२०६९ सालमा स्थापना भएको हो भक्तिदर्शन टेलिभिजन । वि.स.२०६९ साल चैत्र शुक्ल पक्षको रामनवमीमा पद्मा मिडिया नेटवर्कवाट संचालित भक्ति दर्शन टेलिभिजनको नामाकरण जगद्गुरुश्री कृपालुकी महाराजवाट भएको हो ।

सुरुवाती समयमा सवै वैधानिक प्रक्रिया पुरा गरी स्याटलाईट मार्फत नै लाखौँ दर्शक समक्ष नेपालको पहिलो धार्मिक आध्यात्मिक टेलिभिजन लिएर प्रस्तुत भएको हो । काठमाण्डौ डिल्लीवजारको एक भवन बाट सुरु भएको भक्ति दर्शन टेलिभिजनको कार्यालय अहिले ललितपूर कुपण्डोल स्थित आफनै भवनमा रहेको छ । कुनै पनि उदेश्यका पछाडि चुनौति र संघर्ष थुप्रै हुन्छन भने झैँ यो भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन पनि यहाँ सम्म आइपुग्दा थुप्रै चुनौति भोग्नु परेको टेलिभिजनका महाप्रवन्धक जीवनाथ ढकालको भनाइ छ ।

साधारण मेशिन, उपकरण र न्युन उपकरणबाट सुरु भएको भक्ति दर्शन ईन्टर नेशनल टेलिभिजनले आजसम्म आइपुग्दा अत्याधुनिक मेशिन तथा उपकरणहरु प्रयोगमा ल्याइसकेको छ । धर्म, संस्कृति र संस्कारको संवाहक बनेर अगाडि बढीरहेको भक्तिदर्शन टेलिभिजन अहिले विभिन्न कार्यक्रम मार्फत नेपालीहरुको मन मनमा बस्न सफल भएको छ । धर्म तथा संस्कृतिको जगेर्नामा भक्ति दर्शन टेलिभिजनको महत्वपुर्ण भूमिका रहेको धार्मिक तथा सांस्कृतिक क्षेत्रका बिद्धवानहरुको भनाइ छ ।

नयाँ पुस्तालाई धर्म र अध्यात्मको जागरण अभियानमा सहभागी गराउँदै नेपालको एकमात्र आधात्मिक तथा धार्मिक टेलिभिजन भक्तिदर्शन टेलिभिजनलाई जनजनमा लोकप्रिय बनाउन अझै क्रियाशिल रहने सम्बद्ध पक्षको भनाइ छ । पद्मा मिडियाद्धारा भक्तिदर्शन टेलिभिजनका अतिरिक्त माउन्टेन टेलिभिजन र बिजनेश प्लस टेलिभिजन संचालित छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);