मैत्रीपूर्ण खेलमा अर्जेन्टिना, ब्राजिल, इंग्ल्याण्ड र पोर्चुगल विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना, ब्राजिल, इंग्ल्याण्ड र पोर्चुगल विजयी

brazil

एजेन्सी , १० चैत ।  विश्वकप फुटलको तयारीस्वरुप भएका मैत्रीपूर्ण खेलमा अर्जेन्टिना, ब्राजिल, इंग्ल्याण्ड र पोर्चुगल विजयी भएका छन् । विश्वविजेता जर्मनीले भने स्पेनसँग १–१ गोलको बराबरी खेलेको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए ।

गएराति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई २–० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा बेनेगा र लान्जिनीले गोल गरे । ७५ मिनेटसम्म गोल हुन नसकेको खेलमा बेनेगा र लान्जिनीले १० मिनेटको अन्तरमा दुई गोल गरेका हुन् ।

त्यस्तै गएराति नै भएको खेलमा ब्राजिलले रुसलाई ३–० ले पराजित गरेको छ । ब्राजिलका लागि मिराण्डा, कोटिन्हो र पाउलिन्होले गोल गरे । ब्राजिलले तीन वटै गोल दोस्रो हाफमा गरेको हो । मिराण्डाले ५३ औ मिनेटमा गोलको खाता खोलेकामा कोटिन्होले ६२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि पाउलिन्होले ब्राजिललाई ३–० को अग्रता दिलाए ।

त्यसैगरी  पोर्चुगलले इजिप्टमाथि २–१ को जित दर्ता गरेको छ । पोर्चुगलको जितमा दुवै गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । १–० ले पछाडि परेको अवस्थामा रोनाल्डोले खेलको ९२ र ९४ औं मिनेटमा गोल गरेर पोर्चुगललाई जिताएका हुन् ।

यस्तै, इंग्ल्याण्डले नेदरल्याण्डलाई १–० ले पराजित गरेको छ । जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १-० ले हरायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);