स्पेनद्वारा अर्जेन्टिना ६–१ र ब्राजिलद्वारा जर्मनी १–०ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पेनद्वारा अर्जेन्टिना ६–१ र ब्राजिलद्वारा जर्मनी १–०ले पराजित

isco-spain

एजेन्सी , १४ चैत । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण पुटबलमा ब्राजिल र स्पेन विजयी भएका छन् । गएराति सम्पन्न मैत्रीपुर्ण फुटबलमा ब्राजिलले विश्वविजेता जर्मनीलाई र स्पेनले अर्जेन्टिनालाई पराजित गरेको छ ।

विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्रजिलले सन् २०१४ को विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको हो । विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो । रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा खेलको ३७ औं मिनेटमा गाब्रियल जिससको एकमात्र गोल निर्णायक बन्यो ।

यता अर्जेन्टिना विरुद्ध मैत्रीपूर्ण खेलमा स्पेन ६–१ को भारी अन्तरले विजयी भएको छ । स्पेनको मड्रिडमा भएको खेलमा स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिनालाई लज्जास्पद हारको स्वाद चखाउन स्पेनका लागि इस्कोले ह्याट्रिक गरे । डिएगो कोस्टा, इआगो आस्पास र थियागोले एकएक गोल गरे । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले एक गोल फर्काए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);