सेन्ट्रल जोनमा स्वर्ण ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सेन्ट्रल जोनमा स्वर्ण ल्याउने तयारी

किशन भण्डारी
काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय भलिबल टोली यतिबेला चौथो संस्करणको सेन्ट्रल जोन सिनिएर एसिएन पुरुष भलिबल प्रतियोगिताको तयारीमा छ । दक्षिण एसियाको सबै भन्दा ठूलो भलिबल प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु निकै उत्साहित छन् । तर, अभ्यासका लागि पर्याप्त स्रोत र साधन नहुँदा उनीहरुको मनोबल बढ्न सकेको छैन।

गत वर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणको खेलमा नेपाली भलिबल टोलीले कास्य पदक प्राप्त ग¥यो । जुन ४२ वर्षमा पहिलो अन्तर्राष्ट्रिय सफलता थियो । एक वर्ष अघिमात्र राष्ट्रिय खेल घोषित भएको भलिबललाई सरकारले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन नआएको खेलाडीहरुको गुनासो छ ।

राज्यले आँखा चिम्लेर बसेपनि आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर खेलाडीहरु बैशाख ७ गतेबाट सञ्चालन हुने सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्यसहित अभ्यासमा जुटेका छन् । खेलाडीको मिहेनतमा राज्यले पनि साथ दिए नेपाली भलिबलको भविश्य उज्वल भएको राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिशप्रसाद भट्टको भनाइ छ ।

अभ्यास र डाइटमा खेलाडी र प्रशिक्षक आफैं सचेत भएपनि पूर्वाधारको अभावमा अभ्यासमा समस्या भएको खेलाडिहरुको गुनासो छ । तथापी स्वर्ण पदक जित्ने लक्ष्यसहित अभ्यास गरिरहेको उनीहरुको भनाइ छ ।

सम्बन्धित पक्षले नजर अन्दाज गरिरहेको अवस्थामा पनि नेपाली भलिबल टोली उच्च मनोबलका साथमा मैदानमा उत्रिने प्रण गरिरहेका छन् । खेलाडीलाई प्रोत्साहन र पूर्वाधार निर्माणमा ध्यान दिने हो भने राम्रो सम्भावना बोकेको भलिबलमा नयाँ पुस्ताको पनि आकर्षण बढ्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);