अस्ट्रेलियाका कप्तान स्मिथ र उपकप्तान वार्नरलाई एक वर्षे प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अस्ट्रेलियाका कप्तान स्मिथ र उपकप्तान वार्नरलाई एक वर्षे प्रतिबन्ध

Smith-Warner

एजेन्सी , १४ चैत । अस्ट्रेलियाली क्रिकेटको नियामक निकाय ‘क्रिकेट अस्ट्रेलिया’ले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार बलको स्वरूप बिगारेको घटनालाई लिएर उनीहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

स्वरूप बिगार्ने खेलाडी क्यामरन ब्यान्क्रोफ्टमाथि नौ महिनाको प्रतिबन्ध लगाइएको छ । पर्सी शुक्रवार चौथो टेस्ट सुरु हुनुपूर्व उनीहरू तीनै जनालाई घर फर्काइएको छ । उक्त घटनाको क्रिकेट खेलक्षेत्रभित्र मात्रै नभई बाहिर पनि व्यापक आलोचना भइरहेको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुलले उक्त घटनाले ’पूरै मुलुकलाई एकदमै निराश’ बनाएको टिप्पणी गरेका थिए । स्मिथ र ब्यान्क्रोफ्टलाई कप्तानी गर्न पनि दुई वर्षको प्रतिबन्ध लगाइएको छ । वार्नरलाई भने भविष्यमा कुनै पनि नेतृत्वदायी भूमिकाका लागि स्थान नदिइने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

स्मिथ र वार्नरले यसवर्षको इण्डियन प्रेमीयर लिग पनि खेल्न नपाउने भएका छन् । दुवै खेलाडीले आईपीएलको आफ्नो टोलीबाट राजीनामा पनि दिएका छन् । वार्नर सनराइजर्स हैदराबाद र स्मिथ राजस्थान रोयल्सका कप्तान थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);