मलला युसफजाईको तालिवानलाई खुला पत्र किशोरीलाई विद्यालय जान अनुमति देऊ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मलला युसफजाईको तालिवानलाई खुला पत्र किशोरीलाई विद्यालय जान अनुमति देऊ

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलला युसफजाईले बालिकालाई पढ्न अनुमति दिन अफगानिस्तानका तालिवानलाई अनुरोध गरेकी छिन् । तालिवानलाई एक पत्र लेख्दै युसफजाईले अनुरोध गरेकी हुन् । उनलाई पाकिस्तानका तालिवानले सन् २०१२ को अक्टोबरमा विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भिर घाईते बनेकी उनको लामो समयसम्म बेलायतमा उपचार भएको थियो । 

दुई महिनाअगाडि काबुल कब्जा गरेका तालिवानले अफगानिस्तानमा छात्राहरुलाई विद्यालय नजान निर्देशन दिएका छन् । छात्रहरुका लागि भने कुनै प्रतिबन्ध लगाइएको छैन् ।  सुरक्षा सुनिश्चित भएपछि मात्र छात्रालाई पनि विद्यालय जान अनुमति दिइने तालिवान अधिकारीहरुले बताउँदै आएका छन् । 

‘शिक्षामा छात्रामाथि लगाइएको प्रतिबन्ध रद्द गरियोस र छात्राहरुको माध्यामिक विद्यालय पनि पुनः सञ्चालन गरियोस,’ मलला र अफगानिस्तानका अधिकारकर्मीहरुले  प्रकाशित गरेको एउटा खुला पत्रमा उल्लेख छ । किशोरीलाई विद्यालय जानबाट रोक्ने कार्य धर्मसँग सम्बन्धित नभएको पनि पत्रमा जनाइएको छ । ‘अफगानिस्तान बालिका र किशोरीलाई शिक्षामा प्रतिबन्ध लगाउने विश्वकै एक मात्र देश हो,’ पत्रमा भनिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);