अफगान छात्रालाई उच्च शिक्षा अध्ययनका लागि विदेश जान तालिवानको प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अफगान छात्रालाई उच्च शिक्षा अध्ययनका लागि विदेश जान तालिवानको प्रतिबन्ध

तालिवान । तालिवानले अफगान छात्रालाई उच्च शिक्षा अध्ययनका लागि विदेश जान प्रतिबन्ध लगाएको छ ।
तालिबानले काबुलका छात्राहरूलाई कजाकिस्तान र कतारजस्ता मुस्लिम बहुल देशमा जानसमेत प्रतिबन्ध लगाएको हो । पुरुष विद्यार्थीले अब उच्च शिक्षाको लागि देश छाड्न पाउनेछन् । सन् २०२१ अगस्टमा सत्तामा आएदेखि नै तालिबानले शिक्षा प्रणालीलाई बदल्न थालेको थियो । पहिले उनीहरुले तालिबान सरकारले केटीहरूको लागि उच्च विद्यालय र कलेजहरू बन्द गर्यो । महिला आन्दोलनपछि कक्षा ६ सम्म विद्यालय खुलेका थिए । हालै अफगानिस्तानका गृहमन्त्री र तालिवानका सह–उपनेता सिराजुद्दीन हक्कानीले उच्च विद्यालय खोल्ने वाचा गरेका थिए । तर अहिले उच्च शिक्षा सम्बन्धी नयाँ अध्यादेश जारी भएको छ । तालिवानको अघिल्लो शासन सन् १९९६ देखि सन् २००१ बीच रहेको थियो । दोस्रो शासनमा आएपछि तालिवानले अन्तर्राष्ट्रिय समुदायसँग विगतमा जस्तो महिला अधिकारसँग नखेल्ने वाचा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);