भारतमा नयाँ प्रधानन्यायाधीश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा नयाँ प्रधानन्यायाधीश

नयाँ दिल्ली । भारतमा उदय उमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त भएका हुन् ललितले शनिबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएका हुन् । उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नु भएको छ । उनी सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए ।

ललितको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहनेछ । भण्डै तीन महिने कार्यकालमा न्याय क्षेत्रलाई पारदर्शी बनाउने र मुद्दालाई छिटो टुंग्याउने बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);