बल टेम्परिङ्ग : उपकप्तान डेविड वार्नरले मागे माफी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बल टेम्परिङ्ग : उपकप्तान डेविड वार्नरले मागे माफी

David Warner

एजेन्सी , १५ चैत । बलको स्वरूप बिगारेको घटनालाई लिएर एक वर्षको प्रतिबन्ध लागेका अस्ट्रेलियन ब्याट्सम्यान तथा बर्खास्तमा परेका उपकप्तान डेविड वार्नरले माफी मागेका छन् । वार्नरले अस्ट्रेलियाली क्रिकेटको इज्जत संकटमा पारेको तथा त्यसले विश्वभरका फ्यानलाई निराश बनाएकोमा वार्नरले माफी मागेका हुन् ।

वार्नर, कपतान स्टीभन स्मिथ र ब्याट्सम्यान क्यामरन बेनक्राफ्टमाथि क्रिकेट अस्ट्रेलियाले प्रतिबन्ध लगाएको छ । वार्नर र स्मिथमाथि एक वर्ष तथा क्यामरन बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाइएको हो ।

दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा भएको बल टेम्परिङ्गको घटना बाहिर आएपछि यसबारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान सुरु गरेको थियो । बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बलमा गडबडीका लागि स्याण्डपेपर प्रयोग गरेको पनि पुष्टि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);