ऐतिहासिक पदक विजेतालाई जनही तीन लाख | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ऐतिहासिक पदक विजेतालाई जनही तीन लाख

national women team

काठमाडौं, ३० कात्तिक । नेपाली भलिबलमा ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता हात पारेको नेपाली महिला टोलीलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले शुक्रबार जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

बंगलादेशको ढाकामा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली टोलीका सदस्यलाई सदस्यसचिव सिलवालले प्रोत्साहान स्वरूपमा नगद तीन लाख रुपैयाँको घोषणा गरेका हुन्। आयोजक बंगलादेशसहित अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स र नेपालको सहभागिता रहेको प्रतियोगितामा अपराजित रहँदै नेपाल उपाधि जित्न सफल भएको हो।

यो उपाधि महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको सबैभन्दा ठूलो सफलतासमेत हो। उपाधिसहित नेपाल फर्किएको नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका सदस्यसचिव सिलवालसहित नेपाल भलिबल संघका पदाधिकारी स्वागत गर्न पुगेका थिए। स्वागत गर्नका लागि पूर्वखेलकुद मन्त्री दलजित श्रीपाइलीसहित समर्थक पनि पुगेका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);