'डे-नाईट' विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘डे-नाईट’ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र

काठमाडौं, १० चैत । मोफसलमै पहिलो पटक हुन लागेको दिवा र रात्रीकालिन विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । दिन र रातमा हुने पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । तर, पहिलो पटक रातको समयमा प्रतियोगिता सञ्चालन गर्न आयोजकका लागि चुनौतीपूर्ण देखिएको छ ।

विराट गोल्डकप यसअघि दिउँसोको समयमा मात्र सञ्चालन हुँदै आएको थियो । तर, यसपटक केही फरकपन देखाउन आयोजकले साँझ ६ बजेदेखि साढे ७ बजेसम्मको समय रोजेको छ । आयोजकको यो निर्णयले धेरैको ध्यान तानेको छ ।

विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिता सञ्चालन गर्न आयोजकका लागि खर्चिलो हुनेछ । किनकी, रातको समयमा प्रतियोगिता संचालन गर्न सकिने खालका पूर्वाधार रंगशालामा छैन । लाइट, पोल लगायतका सामाग्री आयोजकले नै व्यवस्था गर्नुपर्ने हुन्छ ।

त्यसका लागि बाँसको पोलमा लाईट जडान गरी अस्थायी स्टेडियम लाईट बनाउने काम भइरहेको छ । लाइटहरु भारतको कोलकाताबाट झिकाइएको आयोजकले जनाएको छ ।

यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको हो । गोल्डकपलाई भव्य र सभ्य बनाउन भन्दै विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ ।

भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने छ ।

२०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो । विगत बर्षको तुलनामा यो बर्षको बिराट गोल्डकपमा पुरस्कार राशी दोब्बर बनाईएको छ । बिजेताले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उप विजेताले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । म्यान अफ द सिरिजको लागि मोटरसाईकल र शिल्ड, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोल किपर, उत्कृष्ट फिल्डर, डिफेन्स, व्यवस्थापक, सर्वाधिक गोलकिपरलाई जनही २५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);