भारतीय क्रिकेटर ऋद्धिमान साहाद्वारा २० बलमा शतक प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतीय क्रिकेटर ऋद्धिमान साहाद्वारा २० बलमा शतक प्रहार

wridhiman saha

एजेन्सी , ११ चैत ।  भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गरेर रेकर्ड राखेका छन् । आईपीएलको पूर्वसन्ध्यामा विकेटकिपर ऋद्धिमान साहाले २० बलमा १ सय २ रन प्रहार गरी सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड आफ्नो नाममा लेखाएका हुन् ।

३३ बर्षिय ऋद्धिमान केही समय पहिले दक्षिण अफ्रिकासँग भएको खेलमा भारतीय टिममा थिए । कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टअन्र्तगत शनिबार बीएनआर रिक्रिएशन क्लबविरुद्ध मोहन बगानबाट मैदानमा उत्रिएका ऋद्धिमानले १४ छक्का र ४ चौका प्रहार गरे ।

टी ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड यसअघि क्रिस गेलको नाममा थियो । क्रिस गेलले पाँच वर्षपहिले ३० बलमा शतक पूरा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);