विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियम बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियम बिजयी

romelu lukaku

एजेन्सी, २४ जेठ । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमले गएराति ब्रसेल्समा भएको खेलमा इजिप्टलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

इजिप्टलाई पराजित गर्ने क्रममा रोमेलु लुकाकुले २७ औं तथा इडेन हजार्डले ३८ औं मिनेटमा गोल गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बेल्जियमले तेस्रो गोल खेलको अन्तिममा गर्‍यो ।

इन्जुरी समयको दोस्रो मिनेटमा मारुवान फेलीनीले गोल गरे । बेल्जियमविरुद्धको खेलमा मोहम्मद सलह भने मैदान छिरेनन् । उनी चोटका कारण मैदान बाहिर रहेका हुन् ।

गएराति नै भएका मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकले नाइजेरियालाई १–० गोल अन्तरले पराजित गरेको छ भने पानामाविरुद्ध नर्वे १–० ले विजयी भएको छ । बेलारुस र हंगेरीबीचको खेलमा भने १–१ गोलको बराबरी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);