म्याच फिक्सिङको आरोप लागेका फुटबल खेलाडीलाई सफाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

म्याच फिक्सिङको आरोप लागेका फुटबल खेलाडीलाई सफाई

Match-fixing-Nepali-footballers

काठमाडौं, २४ जेठ । म्याच फिक्सिङकोआरोप लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित ६ जनाले विषेश अदालतबाट सफाइ पाएका छन् ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खेल मिलेमताको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिब थापालाई सफाइ दिएको हो । पूर्व प्रशिक्षक अन्जन केसी हालै सट्टेबाजीको आरोपमा पक्राउ परेका भए पनि धरौटी तिरेर रिहा भएका छन् ।

२०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने खेल मिलेमतोका संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);