१८ औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

१८ औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी तीव्र

किशन भण्डारी
काठमाडौं, १८ वैशाख । तेक्वान्दोमा नेपालले अन्य खेलको तुलनामा बढी पदक जित्ने गरेको छ । तर, नेपाल तेक्वान्दो संघको विवादका कारण यो खेलले अपेक्षित उपलब्धि हासिल गर्न सकिरहेको छैन । जसले गर्दा खेलाडीमा नैराश्यता छाएको छ । यद्यपि, उनीहरु जितका लागि अथक मेहनत गर्दै प्रशिक्षण लिइरहेका छन् ।

इन्डोनेसियाको राजधानी जाकर्तामा हुने १८ औँ एसियाली खेलकुदमा भाग लिने खेलाडीहरुको प्रशिक्षण सात दोबाटोमा रहेको नेपाल तेक्वान्दो संघको हलमा भइरहेको छ । करिब डेढ साता अघि राष्ट्रिय खेलकुद परिषदले आफ्नो समन्वय विना विशेष प्रशिक्षणमा खेलाडी तयार गरिरहेको कुरा बाहिर आएको थियो ।

त्यही कुरालाई मध्य नजर गर्दै नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलन गरि राष्ट्रिय खेलकुद परिषदले मनोमानी गरेको आरोप लगाएको थियो । यो विवादका कारण खेलााडीहरु आफू सहभागिता जनाउन पाउने कुरामा अन्यौलमा थिए ।

युवराज लामा सदस्य सचिव हुँदा राष्ट्रिय तेक्वान्दो संघ दर्ता भएपछि धेरै पदक भित्र्याउने खेलमा विवादको जन्म भएको थियो । अहिले विवादलाई पन्छाएर खेलाडीहरुको स्वर्ण ल्याउने अपेक्षाका साथ तयारी गरिरहेका छन् ।

प्रारम्भिक चरणको प्रशिक्षणको बीचमा विवाद सतहमा आएको थियो । अहिले उक्त विवाद हल भएको बुझिएको छ । बिचमा आएको विवादले खेलाडीहरुको प्रशिक्षणमा त समस्या नपरेपनि उनीहरुलाई निराश भने बनाएको थियो ।

अब केही दिनमा खेलाडीहरु प्रशिक्षणका लागि कोरिया जाँदै छन् । ढिलै भएपनि विवाद हल भएकोले खेलाडीहरु उत्साहित देखिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);