आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्स शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एजेन्सी, १८ बैशाख । आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स फेरि हारको बाटोमा फर्किएको छ । नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित दिल्ली गएराति भएको खेलमा चेन्नइ सुपर किंग्ससँग १३ रनले पराजित भएको हो ।

चेन्नईले टस हारेर पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । ओपनर शन वाटसन र कप्तान महेन्द्रसिंह धोनीले आक्रामक ब्याटिङ गरेपछि चेन्नईले २ सय ११ रन जोडेको हो । ४० बलको सामना गरेका वाटसनले ७ छक्कासहित ७८ रन बनाए भने धोनी २२ बलमा ५ छक्कासहित ५१ रनमा अविजित रहे । चेन्नईको इनिङमा अम्बाती रायदुले २४ बलमा ४१ रन जोडे ।

२ सय १२ रनको लक्ष्यसहित मैदान उत्रिएको दिल्लीले १० रनमै ओपनर पृथ्वी सावलाई गुमायो । ६४ रन जोड्दा कप्तान श्रेयस आयरसहित तीन खेलाडी गुमाएको दिल्लीका लागि रिसब पन्त र विजय शंकरले आक्रामक इनिङ खेले । रिसबले ४५ बलमा ७९ रन बनाए भने विजय ३१ बलमा ५४ रनमा अविजित रहे । दिल्लीले ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाएपछि चेन्नइले छैटौं जित हात पारेको हो । जितसँगै चेन्नई १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

६ खेल हारेको दिल्ली भने अंक तालिकाको पुछारमा छ । आइपीएल अन्र्तगत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);