आईपीएल : वाटसनको शतकमा चेन्नई शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आईपीएल : वाटसनको शतकमा चेन्नई शीर्ष स्थानमा

shane watson

एजेन्सी, ८ बैशाख । आइपिएल क्रिकेटमा चेन्नई सुपर किंग्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ६४ रनले पराजित गर्दै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले ४ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेको छ । कोलकता नाइटराइडर्स, सनराइजर्स हैदरावाद र किंग्स इलावेन पञ्जावले पनि समान ६ अंक जोडेका भएपनि ती क्लब रनरेटमा पछि छन् ।

गएराति भएको खेलमा आफूले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको राजस्थान १८ दशमलव ३ ओभरमा १ सय ४० रनमा अलआउट भएपछि चेन्नइ ६४ रनले विजयी भएको हो । राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४५ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नइले सेन वाटसनको शतकको मद्दतमा २ सय ४ रन जोडेको थियो । अन्तिम ओभरको पाँचौं बलमा आउट हुनुअघि ५७ बल खेलेका वाटसनले १ सय ६ रन बनाए । चेन्नईका लागि सुरेश रैनाले ४६ रन जोडे ।

आइपीएल अन्तर्गत आज कोलकता नाइटराइडर्स र किंग्स इलावेन पञ्जाव तथा रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयरडेविल्सबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);