इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड पराजित भएसँगै सिटीले उपाधि जितेको हो ।

युनाईटेड घरेलु मैदानमा लेष्टर सिटीसँग २–१ ले पराजित भएको थियो । यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो । सिटीले तीन खेल बाँकी रहदै उपाधि जितेको हो । सिटी दोस्रो स्थानको युनाईटेड भन्दा १० अंकले अघि रहेको छ । शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ भने युनाईटेडको ७० अंक रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);