प्रिमियर लिगमा आज लिभरपुल र एभर्टन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रिमियर लिगमा आज लिभरपुल र एभर्टन भिड्दै

evertan vs liverpool

एजेन्सी, ७ असार । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार उपाधि नजिक रहेको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुल र एभर्टनबीचको भिडन्त गुडिसन पार्कमा हुनेछ । खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।

कोरोना भाईरसले स्थगित लिग सुचारु पछि लिभरपुल र एभर्टनले पहिलो खेल खेल्न लागेको हो । लिभरपुलका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । एभर्टनको मैदानमा जित निकालेमा लिभरपुल उपाधि नजिक पुग्नेछ ।

लिग लिडर लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २२ अंकले अघि रहेको छ । र, उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ । लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । सिटीको ६० अंक रहेको छ ।

यस्तोमा लिभरपुल एभर्टनलाई हराउँदै उपाधिको एक कदम नजिक पुग्न चाहन्छ । लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो । तर, बलियो टिम एभर्टनलाई उसैको मैदानमा हराउँन लिभरपुलका लागि चुनौतीपूर्ण हुनेछ । एभर्टन पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । ३७ अंक जोडेको लिभरपुल १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै आइतबार चेल्सीले एस्टन भिल्लाको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ९ बजे सुरु हुनेछ । एस्टनको मैदानमा जित निकाल्दै चेल्सी शीर्ष तीन टोलीसँगको अंक दुरी घटाउने योजनामा हुनेछ । चौंथो स्थानको चेल्सीको ४८ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);