बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी , ८ असार । बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

रियलले बार्सिलोनासँग अंक बराबरीसँगै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको छ । भिनिसियस जुनियरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै पाहुना टोलीलाई ५० औं मिनेटमा अग्रता दिलाएका थिए ।

करिम बेन्जिमाले ७० औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउने काम गरे । मिकेल मोरिनाले ८३ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए । शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोडेको छ भने सोसिडाड ४७ अंक सहित छैटौ स्थानमा छ । बार्सिलोनाले मंगलबार एट्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्नेछ भने रियलले बुधबार घरेलु मैदानमा मोलार्कासँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);