ला लिगा : 'मड्रिड डर्बी'मा रियल विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ला लिगा : ‘मड्रिड डर्बी’मा रियल विजयी

atl madrid vs real madrid

एजेन्सी, २७ माघ । रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

रियललाई जिताउन कासिमिरो, रामोस र बेलले एक–एक गोल गरेका थिए । एथ्लेटिकोका लागि ग्रिजम्यानले एक गोल फर्काएका थिए । खेलको १६ औं मिनेटमा कस्मिरोले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता धेरै बेर रहन सकेन ।

एथ्लेटिको मड्रिडका लागि ग्रिजम्यानले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको अन्तयतिर गोल गर्दै पाहुना टोली रियल मड्रिडले पुनः खेलमा अग्रता लियको थियो । खेलको ४२ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा रियल २–१ ले अगाडि रहेको थियो ।

खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । ८२ औं मिनेटमा मिडफिल्डर टेये थोमस दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि एथ्लेटिको मड्रिड थप दबाबमा परेको थियो । १० खेलाडीमा सीमित एथ्लेटिकोले त्यसपछि कुनै पनि गोलको मुभ बनाउन सकेन । अन्तमा पाहुना टोलीले खेल ३–१ ले जितेको हो ।

जितपछि दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लिएको छ । २३ खेलबाट रियल मड्रिडको ४५ अंक छ भने समान खेलबाट एथ्लेटिको मड्रिडको ४४ अंक रहेको छ । एक खेल कम खेलेको बार्सिलोना ५० अंकका सहित लिगको शीर्ष स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);