शनिवारबाट हुने भनिएको डीपीएल स्थगित, अब सोमबारबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

शनिवारबाट हुने भनिएको डीपीएल स्थगित, अब सोमबारबाट सुरु हुने

काठमाडौं, २६ माघ । बुधवार देखि लगातार परेको वर्षाका कारण आजबाट हुने भनिएको धनगढी प्रिमियर लिग (डीपीएल) प्रभावित भएको छ । खेलमैदानमा पानी जमेपछि खेल दुई दिनका लागि स्थगित गरिएको आयोजक संस्थाले जानकारी दिएको हो ।

वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा सोमबारबाट प्रतियोगिता सुरु हुनेछ । फाइनल खेल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुनेछ भने सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । राउण्ड रविनको आधारमा हुने खेलमा शिर्ष चार टोली प्ले अफ पुग्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);