तेश्रो संस्करणको डिपीएलको ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तेश्रो संस्करणको डिपीएलको ट्रफी सार्वजनिक

काठमाडौं, २५ माघ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को ट्रफी सार्वजनिक भएको छ । धनगढी क्रिकेट एकेडेमीले शुक्रबार ६ टीम खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरेको हो ।

डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । डीपीएलको माघ २६ गते हुने भनिएको उद्घाटन खेल भने वर्षाका कारण एकदिन पछाडि सर्ने सम्भावना रहेको आयोजकले जानकारी दिएको छ ।

सर्वाधिक पुरस्कार राशिको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् ।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनलमा पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);