फिफा वरियता : नेपाल १६१ औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

फिफा वरियता : नेपाल १६१ औं स्थानमा

Nepali-football-team

काठमाडौं, २५ माघ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहिबार सार्वजनिक गरेको फेव्रुअरी महिनाको वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ ।

नेपाल अघिल्लो महीनामा पनि यही स्थानमै थियो । नेपाल यथावत भए पनि वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । यो महिनाको वरियतामा उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु कुनै पनि परेका छैनन् ।

वरियतामा भारत ६ स्थान तल झर्दै १०३ औं स्थानमा पुगेको छ । त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औं, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा यथावत छन् । यस्तै एसिया कपको फाइनलिस्ट जापानले पनि २३ स्थान सुधार गर्दै २७ औं स्थानमा आइपुगेको छ । 

यस्तै एसिया कपको आयोजक राष्ट्र युएई १२ स्थान माथि उक्लिँदै ६७ औं स्थानमा आइपुगेको छ । एसियाली राष्ट्रहरूमा सबैभन्दा माथि ७ स्थान माथि उक्लिएर इरान २२ औं स्थानमा पुगेको छ । बेल्जियम शीर्ष स्थानमा रहँदा विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैठौं, उरूग्वे सातौं, स्वीट्जरल्यान्ड आठौं, स्पेन नवौं र १० औं स्थानमा डेनमार्क छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);