इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमको जित

एजेन्सी, २४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल पराजित भएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा लिभरपुल फुलहमसँग १–० गोल अन्तरले पराजित भएको हो । फुलहमलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे ।

लेमिनाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए । यससँगै लिभरपुलले घरेलु मैदानमा लगातार छैटौं हार व्यहोरेको छ । यस्तै फुलहमले सन् २०१२ पछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा हराएको हो । जितपछि फुलहमले २६ अंक जोडेर १८ औं स्थानमा रहेको छ । लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);