मेयर कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेयर कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं, २३ फागुन । काठमाडौं मेयर कप क्रिकेटमा उपाधि दावेदार टिम एपीएफले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा आर्मीलाई हराएको एपीएफले आज नेपाल पुलिस क्लवलाई एक विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ५८ रन बनायो । जवाफमा एपीएफले अन्तिम बलमा नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । एपीएफका लागि शुवास खकुरेलले अर्धशतकीय पारी खेले ।

बलिङमा पुलिसका पवन सराफले पाँच तथा योगेन्द्रसिंह कार्कीले दुई विकेट लिए । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);