गण्डकी एपीएफसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गण्डकी एपीएफसँग पराजित

काठमाडौं,१४ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले र एपिएफ क्लब विजयी भएका छन् । शनिबार भएको खेलमा बागमतीले लुम्बिनीलाई र एपीएफले गण्डकीलाई हराएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बीनीलाई ५ विकेटले सजिलै हराएको हो । लुम्बिनीले दिएको १०७ रनको लक्ष्य बागमतीले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि इसान पाण्डेले ५० , रित गौतमले २४ रन र आसुतोश घिरैयाले १४ रनको योगदान गरे । बलिङतर्फ लुम्बिनीका निर्मल गुरुङले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीनले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनायो । लुम्बिनीका सुशान्त थपलियाले २८ निर्मल गुरुङले २७ र प्रज्वल थापाले १४ रन बनाए । लुम्बिनीलाई ुस्तैमा समेट्न बागतीका सूर्य तामाङले ६ विकेट लिए । जारी प्रतियोगिताको एउटै खेलमा सुर्यले छ विकेट लिएको यो दोस्रो पटक हो ।

शनिबार नै एपीएफ क्लबले े गण्डकी प्रदेशलाई ८८ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा एपीएफले दिएको २०८ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ ओभर ४ बलमा सबै विकेट गुमाउँदै मात्र ११९ रन मात्रै बनायो । गण्डकीका समिर कडेलले ३३ र इश्वर क्षत्रीले २८ रन बनाए । एपीएफका लागि अमर राउटेलाले चार र मौसम ढकालले तीन विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०७ रन बनायो । एपीएफका लोकेश बमले ५० भुवन कार्कीले ४५ र प्रदीप ऐरीले ३९ रन जोडे । गण्डकीका कमल परियारले तीन विकेट लिए । जारी प्रतियोगितामा लिग चरणका सबै ९ खेल खेलिसकेको बगमति १२ अंकसँगै दोस्रो स्थानमा छ । ६ खेलमा १२ अंकले पुलिस क्लब पहिलो स्थानमा हुँदा मधेशले ८ खेलमा १० अंक बटुलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);