प्रिमियर लिगमा साविक विजेता लिभरपुलको सहज जित | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

प्रिमियर लिगमा साविक विजेता लिभरपुलको सहज जित

एजेन्सी, १९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे भने जर्जिनियो विज्नाल्डमले एक गोल थपे । वेस्ट ह्यामकातर्फबाट क्रेग डसनले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल २–० ले अगाडी रह्यो । त्यस्तै खेलको ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काएपनि लिभरपुल ३–१ ले विजयी भयो ।

जितसंगै लिभरपुल २१ खेलबाट ४० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);