च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलको दोस्रो जित


एजेन्सी, १२ कार्तिक । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो । खेलको ५५ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । लगातार दोस्रो जित निकालेको लिभरपुल ६ अंक शीर्ष स्थानमा समेत उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);