कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग सर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग सर्यो

Premier-League

एजेन्सी, ७ चैत । कोरोना भाइरसका कारण इंग्लिस प्रिमियर लिग फुटबलको मिती दोस्रो पटक सारिएको छ ।

इंग्लिस फुटबल संघले यसअघि तीन साताका लागि सारिएको प्रिमियर लिग फेरी चार साताका लागि सार्ने निर्णय गरेको हो । इंग्लिस फुटबल संघले सबै क्लवसँगको छलफलपछि अप्रिल ३० तारिखसम्मका लागि प्रिमियर लिगको मिती सारिएको हो । यसका साथै फुटबल संघले इंग्ल्याण्डमा हुने अरु प्रतियोगिताको मिती पनि अप्रिल ३० तारिखसम्मका लागि सारेको छ । यसअघि इंग्लिस एफ एले अप्रिल तीन तारिखसम्मका लागि प्रिमियर लिग सहित सबै प्रतियोगिता सारेको थियो ।

सबै ब्यवसायीक फुटबलले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै यो महिनाभरी इंग्ल्याण्डमा कुनै फुटबल गतिविधी नहुने बताएका छन । प्रिमियर लिगको मिती फेरी सारिएपछि उपाधि उचाल्न लिभरपुललाई अझ कुर्नुपर्ने भएको छ । प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुल तीन दशकपछि उपाधि उचाल्ने लक्ष्यमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);