इंग्लिस प्रिमियर लिग पुनः सुचारु गर्ने विषयमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग पुनः सुचारु गर्ने विषयमा छलफल हुने

football

एजेन्सी, १० चैत । कोरोना भाईरसको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल पुनः सुचारु गर्ने विषयमा छलफल गर्न अप्रिल पहिलो साता क्लबको बैठक बस्ने भएको छ । स्काई स्पोर्ट्सका अनुसार लिग पुनः सुचारुका लागि अप्रिल ३ मा बैठक बोलाईएको हो ।

बैठकमा २० क्लबको सहभागिता रहने जनाईएको छ । कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेको छ । र, प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ । तर, बैठकले लिगको नयाँ मिति तोक्ने बताईएको छ । यस सिजनको बाँकी लिग खेल जुन १ बाट सुरु गर्ने तयारी भईरहेको समेत स्काई स्पोर्ट्सले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);