कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्षको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्षको निधन

lorenzo sanz

एजेन्सी, ९ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । कोरोनाका कारण स्पेनको एक अस्पतालमा ७६ वर्षे लोरेन्जोको निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अस्वस्थ्य भएका लोरेन्जो गत बिहिबार मात्र अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि चेक जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो । उनको शनिवार राती निधन भएको जनाइएको छ ।

लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुई पटक युरोपियन कप जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);