प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन

काठमाडाैं, ३१ वैशाख । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ बाट निर्वाचित भएका लामिछानेको मतिष्तघातका कारण काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा निधन भएको हो ।

रारा क्षेत्रको भ्रमण सकेर शनिबार घर फर्किएका उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । ५१ वर्षिय लामिछाने एमाले जिल्ला कमिटी भक्तपुरका सचिव हुन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमाले भक्तपुर जिल्ला कार्यबहाक अध्यक्ष बच्चन देउजाले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);