सल्लाघारीमा सवारी दुर्घटना: सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सल्लाघारीमा सवारी दुर्घटना: सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति

भक्तपुर।भक्तपुरकाे सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ ।

घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका- ४ का राजकुमार भुजेल गरी तीनजनाको निधन मृत्यु भएकाे थियाे । जसबारे भक्तपुर क्षेत्र नम्बर २ का सांसद बस्नेतले संसदमा दिएको अभिव्यक्तिको विरोध भएको हो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवामा भक्तपुर नगरपालिकाको लापरबाही भनेकाेमा आपत्ति जनाएका हुन् । घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरू रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरूको स्थिति बुझेको नगरपालिकाले जनाएको छ । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरूको उपचार गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ।

प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्कीसमेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेको जनाइएको छ। सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटना दोहाेरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);