भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्याप्दा १५ जना घाईते ३ को अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्याप्दा १५ जना घाईते ३ को अवस्था गम्भिर

भक्तपुर । भक्तपुर– १ इवामुरा अस्पताल नजिकै रहेको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर च्याप्दा १५ जना घाईते बनेका छन् भने ३ जनाको अवस्था गम्भिर अवस्थामा रहेको छ । अचानक १२ बजेर १५ मिनेट जाँदा रुख सडक तिर ढल्दा बा २ ख ३५८४ नम्बरको मिनिबस र बा ६१ प ३९७८ नम्बरको स्कुटर च्यापिएको जिल्ला प्रहरी कर्यालय भक्तपुरले जनाएको छ । दुर्घटनामा परि १५ जना घाइते बनको र ३ जनाको अवस्था गम्भिर रहेको जिप्रका भक्तपुरले जनाएको छ । घाइतेहरुलाई घटना स्थलबाट उद्दार गरि नजिकैका अस्पतालहरुमा उपचारका लागि पठाईएको जिल्ला प्रहरी कर्यालय भक्तपुरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);