दाङको बबई गाउँपालिकामा जिप दुर्घटना १ को मृत्यु १९ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङको बबई गाउँपालिकामा जिप दुर्घटना १ को मृत्यु १९ घाइते

सन्दिप शर्मा, काठमाडौं । सल्यानको कालिमाटीबाट दाङको तुल्सीपुर तर्फ आउँदैगरेको भे १ ज ५२२ नम्बरको जिप दाङको बबई गाउँपालिका २ एक्लेबरमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि सल्यान जिल्ला कालीमाटी गाउँपालिका ३ का सवारी धनी अन्दाजी बर्ष ३५ का देब बहादुर सुनारको घटना स्थलमा नै मृत्यु भएको र १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परि घाईते भएकाहरु मध्य पाँच जनाको अवस्था गम्भिर र बाँकीको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कर्यालय दाङले जनाएको छ । घाइतेहरुको तुल्सीपुर स्थित राप्ती प्रादेशीक अस्पतलमा उपचार भैरहेको जिप्रका दाङका प्रहरी नायव निरिक्षक मोहन जंग बुढाथापाले जनाकारी दिए ।

चालक दलका सदस्य सहित १२ जना बोक्ने क्षमता रहेको उक्त जिपमा चालक सहित २१ जना सवार रहेका थिए । क्षमता भन्दा बढी यात्रु बोकेको, सडक अवस्था जिर्ण रहेको र जिप तिब्र गतिमा रहेको कारण अनियन्त्रीत बन्न गई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जिप भिरालो पाखोमा सडक भन्दा करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);