भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्याे

भक्तपुर । भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु  भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् ।

आइतबार  दिउँंसो सवा १२ बजे  भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख. ३५८४ नम्बरको बस र बा. ६१ प. ३९७८ नम्बरकाे स्कुटरलाई किच्दा तीनजनाकाे मृत्यु भएकाे र  १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये दुईजनाकाे अझै पहिचान हुन सकेकाे छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् । तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूकाे भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);