भक्तपुर सल्लाघारीका रुख काट्न थलियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भक्तपुर सल्लाघारीका रुख काट्न थलियाे

भक्तपुर। भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ ।  पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार  चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा- ४ का राजकुमार भुजेलकाे निधन भएको थियो ।सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहाेरिन नदिन रुख काटिएको थालिएकाे हाे । प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ।

यो ठाउँं भक्तपुरकै एउटा प्रख्यात ठाउँं पनि हो । यो ठाउँंलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँं च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँं पिकिनिग स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँं भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरु रहेकाले यो ठाउँं आकर्षक छ । यहीकारण यहाँं चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेकाे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);