रुपन्देही पछि काठमाडौंका तीनकुने र गैह्रीगाउँ कल सेन्टरमा पनि प्रहरी छापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुपन्देही पछि काठमाडौंका तीनकुने र गैह्रीगाउँ कल सेन्टरमा पनि प्रहरी छापा

काठमाडौँ । काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

एक प्रहरी अधिकारीका अनुसार कल सेन्टरबाट एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले प्रहरी टोली कल सेन्टरमै छ । उनका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि गैरकानुनी रूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);